न्यूज अपडेट
काठमाडाैं, २३ मंसिर

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख २९ हजार ५४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ १ प्रतिशत रहेको छ ।
आज मन्त्रालयका अनुसार ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ९९ हजार ६ सय ८६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ सय २३ जना क्वारेन्टाइनमा छन्। नेपालमा १२ हजार ६ सय ८६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।