जगन्नाथ रथ यात्रा महोत्सव

समाचार

सर्जिना श्रेष्ठ
भक्तपुर,२९ असार


हरेक वर्षमा हुने जगन्नाथ रथ यात्रा महोत्सव यसपाली पनि भएको छ । यसमा नेवार, तामाङ जस्ता विभिन्न जातजातिका मानिसहरु आफ्नो मौलिक पहिरनमा सहभागी भएर नाच्दै गाउदै रथ तान्दै आइरहेका थिए । दुधपाटीबाट सुरु भएको यो यात्रा दत्तात्रयमा पुगेर सम्पन्न भएको छ ।


खासमा जगन्नाथ भनेको कृष्ण भगवान नै हो । कुरुक्षेत्रमा जब कृष्ण आएको कुरा ब्रिन्दाबासीहरुले थाहा पाउछ तब त्यहाँबाट उनीहरुले ब्रिन्दावनमा लान रथमा कृष्णलाई राखी ल्याएको हुन्छ । यहि कुरालाई आधार मानी परापुर्वककालबाट हिन्दु धर्मावम्बीहरुले यसलाई मनाउदै आइरहेको छ । आजको दिन जसले यसको दर्शन मात्र गर्छ जसले रथको डोरी टान्छ उसको सम्पुर्ण पाप नष्ट हुन्छ भनी विश्वास पनि गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *