मुना मुसिख्वाल
भक्तपुर, १७ असार
भक्तपुरको एभरेष्ट इङ्गलिस विद्यालय व्यासीले आप्mनो विद्यालयको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा अवस्थित ज्योति माध्यमिक विद्यालयलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयले प्रत्येक वर्ष जन्मोत्सवको अवसरमा ३ ओटा विद्यालयलाई पुस्तक हस्तान्तरण गर्ने गरेको छ । सोही कार्य अनुसार विद्यालयको छनोटमा ज्योति माध्यमिक विद्यालय परेको छ । हस्तान्तरण गरिएको पुस्तक करिब रु.२६८०००।–अनुमान रहेको छ । १७३४ ओटा पुस्तक सो कार्यक्रममा हस्तान्तरण गरिएको थियो । पुस्तक हस्तान्तरण कार्यक्रम ज्योति मा.वि.मा सामान्य कार्यक्रम सञ्चालन गरि ज्योति मा.वि.का प्रधानाध्यापक र एभरेष्ट इङ्गलिस विद्यालयका प्रधानाध्यापकबीच भएको थियो । कार्यक्रममा संयुक्त परीक्षा समितिको पदाधिकारीको समेत उपस्थिती रहेको थियो ।यो कार्यक्रममा ज्योति मा.वि.का प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले पुस्तकालय सम्बन्धि करार सम्झौतासमेत गर्नुभएको थियो ।सो पुस्तकका लागि विद्यालयले आप्mनो जन्मोत्सव कोषमा रकम जम्मा गर्ने गर्दछ ।