४ सय १२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ मंसिर

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १२  जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३८ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् ।

यस अघि सोमबार ३ सय ८५, आइतबार ३ सय ६८, शनिबार  ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

नेपालमा २ लाख ४३ हजार ३ सय ७७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये  २ लाख २९ हजार ५४ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *