६७ जिल्लामा कार्यरत ५ हजार बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ मंसिर

 

देशभर ५ हजार भन्दा बढी कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ४० हजार ९ सय ८१ संक्रमित मध्य ५ हजार २७ जना कोरोना संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

जसमध्ये ८ जना स्वास्थ्यकर्मीको मृत्यु भएकोे मन्त्रालयको तथ्यांक रहेको छ । मृत्यु हुनेमा बाँकेमा १, कैलालीमा १, काठमाडौंमा २,  मोरङमा १, पाल्पामा १, रुपन्देहीमा १, सुर्खेतमा १ जना स्वास्थ्यकर्मी रहेका छन्।

देशका ६७ जिल्लाबाट स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै उपत्यकामा मात्रै  २ हजार ४ सय ६५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। काठमाडौंमा १७२२, ललितपुरमा ५०६ र भक्तपुरमा २३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

कुन जिल्लामा कति स्वास्थ्यकर्मी संक्रमित 
अछाम ४३
अर्घाखाची १८
बाग्लुङ १४
बझाङमा३
बाजुरामा ७
बाँकेमा १५८
बारामा ५०
बर्दियामा ३७

भक्तपुरमा २३७
चितवनमा ३९५
डडेल्धुरामा ७
दैलेखमा १७
दाङमा ६३
दार्चुलामा १
धादिङमा २२
धनकुटामा ४
धनुषामा ७५

दोलखामा ४
डोटीमा १
गोर्खामा४
गुल्मीमा १३
इलाममा १
जाजरकोटमा ८
झापामा ४१
जुम्लामा  ७४

कैलाकीमा २८
कालीकोटमा ३
कञ्चनपुरमा १०
कपिलवस्तुमा ६३
कास्कीमा ५६
काठमाडौंमा १७२२
काभ्रेमा १६०

खोटाङमा १
ललितपुरमा ५०६
लम्जुङमा१०
महोत्तरीमा २७
मकवानपुरमा १९
मोरङमा २००
म्याग्दीमा २

नवलपरासी  पुर्व १२
नवलपरासी पश्चिममा २६
नुवाकोटमा १२
ओखलढुंगामा  १
पाल्पामा ८१
पर्वतमा १२

पर्सामा १६३
प्युठानमा ३५
रामेछापमा ९
रसुवामा १
रौतहटमा ११
रोल्पामा २
रुकुमपुर्वमा १
रुपन्देहीमा  ११४

सल्यानमा ४
सप्तरीमा २१
सलार्ही २६
सिन्धुली ११
सिन्धुपाल्चोक  ४
सिराह २९
सोलुखुम्बु २
सुनसरी ११२
सुर्खेत १९४
स्याङजा ५

तनहुँ १७
ताप्लेजुङ १
उदयपुर ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *