थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ मंसिर

नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।एकै दिन १ हजार ९ सय ४५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *