भक्तपुरका ढुंगेधाराहरु के साच्चै सुक्दै गएका हुन् त ?

कला/साहित्य समाचार
अनुषा भैनात्व
भक्तपुर, २५ असार
भक्तपुरमा खानेपानीका परम्परागत स्रोत ढुंगेधारा सुक्दै जान थालेका छन् । कुनै बेला भक्तपुरमा  पानीको मुख्य स्रोत ढुंगेधारा सुक्नेमात्र नभएर लोपसमेत हुन थालेका छन् ।
 भक्तपुरमा कति ढुंगेधारा छन्, कति वटामा पानी आउँछ र कति वटा सुके भन्ने तथ्यांक नगरपालिकांसँग छैन । गैरसहकारी संस्था एनजिओ फोरम प,र अर्बन वाटर एन्ड स्यानिटेसनका अनुसार  भक्तपुरमा जम्मा ८७ वटा ढुंगेधारा छन् । तीमध्ये १८ वटामा पानी सुकिसकेको छ भने एउटा लौप हुने अवस्थामा छ । ३३ वटा ढुंगधारामा भने अझै पानी आइरहेको छ । ३५ वटा ढुंगेधारामा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप जडान गरी पानी दिएको छ । फोरमका अनुसार मध्यपुर थिमि नगरपालिकामा ६५ वटा ढुंगेधरा छन् । तीमध्ये ९ वटा धारामा पानी सुकिसकेको छ भने तीन वटा लोप हुने अवस्थामा छन् । ४७ वटा ढुंगेधारामा पानी आइरहेको छ भने ६ वटामा खानेपानीका पाइप जडान गरी पानी दिइएको छ ।
    परम्परागत ढुंगेधारा सुब्न र लोप हुन लाग्दा पनि संरक्षण तथा संवद्र्धनमा  नगरपालिकालगायत कुनै पनि निकायले चासो देखाएका छैनन् । यहाँका कैयौं ढुंगेधारा घाँसपातले छोपिएका छन् भने कुनै फोहरका डंगुरले पुरिएका छन् । केही ठाउँका ढंगेधारामा पानी सुकेपछि फोहर फाल्ने ठाउँ बनेका छन् । पानि सुकेका र जीर्ण भइसकेका ढुंगेधारा जीर्णोद्वारको पर्खाइमा छन् । जनसंख्या वृद्धि र अव्यस्थित आवास निर्माण क्रममा  परम्परागत ज्ञान, प्रविधि र कलात्मक शौलीमा निर्मित  केही ढुंगेधारा भत्काइएका  छन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार मल्लकालीन धेरै ढुंगेधाराको पानीको मुख्य स्रोत राजकुलो हो । तर हिजोआज राजकुलो मासिने क्रम तव्रि रहेकाले त्यस्ता ढुंगेधामा पानी सुकेको हो । उनका अनुसार लिच्छविकालीन ढुंगेधराको पानीको स्रोत भने मुहान हो । बरु यस्ता लिच्छविकालीन ढुंगेधारामा भने तुर्तुर भए पनि पानी आइरहेको उनी बताउँछन् । खानेपानीको हाहाकार स्मच्र्चिैदा स्थानीयलाई राहत दिने यस्ता धारा संरक्षण गर्नुपर्ने उनको माग छ ।
भक्तपुर विद्युत् प्रधिकरणको कार्यालय पछाडिस्थित ढुंगेधार अहिले बसपार्कमा परिणत भएको स्थानीय बताउँछन् । भक्तपुर  नगरपालिका–७ वासिकचास्थित मेभारी (डोलचा) ढुंगेधारा अहिले कम्पोस्ट  मल बनाउने प्लान्ट र ढलमा परिणत भएको छ । त्यहाँ जनैपूर्णिमाका दिन राति स्नान गर्ने धार्मिक परम्परा रहेको छ । नासमनाको रायठोर ढुंगेधारा, तौमढी टोल पुवहालको धौभडेल ढुंगेधारा, सुकुलढोकाको बुलुबुलु हिटी र विद्यापीठ ढुंगृधारालगायत  सबै संरक्षणको पखइिमा छन् ।
अनियन्ञित  जनसंख्या वृद्घिले ढुंगेधारा मात्रै सुक्दै गएका नभएर कुवा, तलाउ, इनार समेत अतिक्रमण गरी उपभोग गर्ने प्रवृति दिनहुँ बढ्दै गएको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका कारण ढुंगेधाराको मात्र जीर्णेद्घार नएको होइन अन्य सम्पदाको पनि जीर्णेद्घारा र विकासमा ढिलासुस्ती भएको नगरवासी बताउँछन् । ढुंगेधाराको महत्वबारे जनचेतना जगाएर जनस्तरबाट भए पनि सरंक्षण गर्नुपर्ने उनीहरुको जोड छ ।
केयुकेएल भक्तपुर शाखा प्रमुख अमृतलाल पोटे पानी सुकेका धारामा खानेपानीको पाइप जडान गीरएको बताउँछन् । घना बस्ती र सिमेन्टका भवनका कारण आकासेपानी जमिन मुनि गएर भरिन नपाउँदा ढुंगेधारा सुकेको पर्यावरणविद् बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *