विविध भाषा साहित्य सम्मेलनको २२ औं शृङखला जुममार्फत सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
मध्यपुर, १ मंसिर


हरेक वर्ष नेपाल संवतको नयाँ वर्षका दिन हुँदै आएको विविध भाषा साहित्य सम्मलनको २२ औं शृंङखला आइतबार अनलाइनमाध्यमबाट भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखी यो वर्ष अनलाइनबाट साहित्य सम्मेलन गरिएको हो । उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले साहित्य सम्मेलनमा प्रस्तुत साहित्यलाइ सड्ढलन गरी स्मारिका प्रकाशन गर्नुपर्ने बताएको छ । उनले साहित्य सम्मेलनहरूको आयोजनाले नयाँ पुस्तालाई देशको अवस्थाबारे सचेत बनाउने भन्दै नयाँ पुस्तामा देशभक्ति भावना बढाउँदै जाने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार भैरव रिसालले जनता महामारीसँग लडिरहेको बेला शासक दलका नेताहरूबीचका गुटगतु झगडा लज्जास्पद भएको बताए । वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले कोभिड–१९ महामारी र अन्य सरूवा रोगबाट जोगिने विविध उपायबारे प्रकाश पारे । नेपाली सेनाका पूर्वजर्नल डा. प्रेमसिं बस्न्यातले देशभक्त जनता एकजूट हुनसके विदशी शक्तिहरूले नेपाली जनतामार्फत गर्न खोजिरहेका षड्यन्त्र र जालझेल असफल बनाउन सकिने बताए ।

नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले नेपाल–भारत सीमा विवादका विभिन्न आयामबारे चर्चा गरे । पाल्पाका बद्धिजीवी निर्मल श्रेष्ठले बाह्य र भित्री सांस्कृतिक हस्तक्षेपको विषयमा सजग हुनुपर्ने भन्दै नेपालको विभिन्न जाति र भाषाभाषीका अमूर्त संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

साँखुका बुद्धिजीवी इ.राजदास श्रेष्ठले नेपालभाषा साहित्यका विस्तारको निम्ति नयाँ पुस्तासम्म नेपालभाषा पुर्याउन जरूरी भएको भन्दै नेपाल संवत् संरक्षण र संवर्द्धन निम्ति नेपाली जनता एकजूट हुनुपर्नेमा जोड दिए । काठमाडौका कमलपोखरी संरक्षण समितिका भागवत नरसिंह प्रधानले शासक दलहरूको संरक्षणमा भूमाफियाहरू लागेर काठमाडौका मौलिक सम्पदामाथि लगातार हमला भइरहेको चर्चा गर्दै कमलपोखरी संरक्षणको निम्ति चालू सङ्घर्षबारे जानकारी दिए । खोकना संरक्षण समितिका नेपाल डंगोलले दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङरोड आदिको नाममा ऐतिहासिक नेवार बस्ती खोकना र बुङमतीका सांस्कृतिक र ऐतिहासिक महत्व समाप्त गर्न शासक दलहरू लागिपरेको चर्चा गर्दै खोकना र बुङमतीका किसानहरू एकजूट भएर आफ्नो भूमि खोस्ने षड्यन्त्रविरूद्ध लडिरहेको बताए । कार्यक्रममा काभ्रेका साहित्यकार कृष्ण कुमार वैद्य, सजीव श्रेष्ठ, सुन्दरराम था, गगाराम ज्याख्व, रामकृष्ण प्रजापति, प्रेम के. निडर, मदन श्रेष्ठ, सुस्मिता न्यौपाने, आकाश मानन्धर, सुरेश श्रेष्ठ, तेजकृष्ण श्रेष्ठलगायतले आ–आफ्ना रचना वाचन गरेको थियो ।


आयोजक विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम था श्रेष्ठको सभापतित्वमा भएको सम्मेलनमा समाजका सचिव शिवहरि प्रजापति, प्रेमजन थापा, तुल्सीकृष्ण प्रजापतिलगायतले बोलेको थियो । सम्मेलनमा काभ्रे, टोखा र मध्यपुरका सांस्कृतिक टोलीहरूले विविध भाषाका गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *