न्यूज अपडेट
काठमाडाैं, १ मंसिर

फाइल तस्विर
बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको छ।
बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ।
कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा छन्।
डा झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा थापाको आइतबार राती मृत्यु भएको केन्द्रले जनाएकाे छ।