थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ भदाै

पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  २० हजार ८ सय २२ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

आइतबार १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ९७ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  ५ सय १८ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १५६९
प्रदेश २– ४७४३
बागमती  प्रदेश– १०२३
गण्डकी प्रदेश– १७०७
प्रदेश ५– ४८४९
कर्णाली प्रदेश– २०८३
सुदूरपश्चिम प्रदेश– ४८४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *