कोरोना संक्रमणका कारण वीरगञ्ज र धरानमा गरी ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ३ भदाै

कोरोना भाइरस संक्रमणका कारण बुधबार पर्साको वीरगञ्‍जमा दुई जना र धरानमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे  मृत्यु भएको थियो ।

उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पताल प्रयोगशालाले जानकारी दिएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *