भक्तपुर, २ भदाै
भक्तपुर जिल्ला भित्र संक्रमितहरु बसोवास रहेको ३९ स्थानमा शिल गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि प्रहरीले हाल सम्म ७५ स्थानमा शिल गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत डिएसपी दिपक गिरीले जानकारी दिएको छ ।
अहिले सम्म कुल ३६ स्थानमा शिल गरिएको क्षेत्र हताएको डिएसपी गिरीले बताए । प्रहरीको तथ्यांक अनुसार जिल्ला भित्र कुल १४७ जना संक्रमिण मध्य ४४ जना सक्रिय संक्रमित छन । जसमध्य ३५ जना होम आइसोलेशनमै रहेका छन । त्यस्तै दुई जना संक्रमित भने अझै सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।
