मंगलबार १७१ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ साउन

पछिल्लो २४ घन्टामा १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा हालसम्म १६ हजार ६ सय ६४ उपचारपछि निको भएका छन्। सोलुखुम्बु  संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन्।

हाल १० हजार ४ सय ६२ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ७ हजार २ सय १ जना रहेका छन्। हालसम्म नेपालमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १०४४
प्रदेश २– ३३८५
बागमती  प्रदेश– ६१८
गण्डकी प्रदेश– १४८७
प्रदेश ५– ४१८९
कर्णली प्रदेश– १९००
सुदूरपश्चिम प्रदेश– ४०४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *