२४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ साउन

 नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा र धनुषामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४८ पुगेको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बाराको फेटा नगरपालिका वडा नं ३ का ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।उनका अनुसार उनमा निमोनिया, मस्तिष्कघात, मिर्गौला सम्बन्धी समस्या थियो ।

यस्तै, धनुषाका शहीद नगर नगरपालिका वडा नं ६ डुमरियाका ३६ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजादै गर्दा उनको साउन ११ गते बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मात्र नेपालमा यी दुई सहित तीन जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यसअघि आइतबार वीरगञ्जमा एक संक्रमितको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *