प्रधानमन्त्री ओलीले भने ‘मेरो विकल्पमा उपयुक्त पात्र खोज्नुस्’

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ४ साउन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिकल्पमा उपयुक्त पात्र खोजेर ल्याए आफू राजीनामा दिन तयार भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो विकल्पमा कसलाई ल्याउन खोजेको प्रष्ट पार्न सचिवालय सदस्यहरुलाई आग्रह गरेका छन् ।

मलाइ हटाएर को प्रधानमन्त्री बन्ने हो त्यसको बारेमा स्पष्ट धारणा बनाएर ल्याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीबाट मलाई हटाउन खोजेर कसलाई ल्याउन खोज्दै हुनुहुन्छ तपाईंहरुले स्पष्ट रुपमा बताउनुस्, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपाका एक सचिवालय सदस्यले भने।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए । शनिबार बसेको सचिवालय बैठकमा पनि सोही धारणा राखेपछि ओलीले आफ्नाे विकल्पका लागि उपयुक्त पात्र खोज्न आग्रह गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *