खोकनामा आज पनि रोपाइँ आन्दोलन, आन्दोलनमा साथ दिन गएकालाई नख्खुमै छेकबार

विशेष समाचार समाचार

न्यूज अपडेट
ललितपुर, ३ साउन

तस्विरः प्रेम प्रजापति

खोकनाको खडोलमा भइरहेको रोपाइँ आन्दोलन आज पनि चालु रहेको छ । सिकालीस्थानमा सभा गरी त्यहाँबाटै नाराजुलुशसहित आएका आन्दोलनकारीले आज शान्तिपूर्ण रुपमा रोपाइँ गर्न सफल भएको छ ।

तस्विरः प्रेम प्रजापति

उक्त रोपाइँ आन्दोलनमा साथ दिन भक्तपुरबाट आएको चार वटा गाडीलाई भने नख्खु चोकमै प्रहरीले छेकेको छ । गाडीबाट आर्लेर हिडेरै जान खोज्दासमेत प्रहरीले रोक्न खोजेका थिए । तर प्रहरी भने रोक्न असफल भएको छ । रोपाइँ आन्दोलनमा ठूलो संख्यामा सरिक रोपाहारकै कारण प्रहरी फर्केर गएको जनसरोकार समिति, खोकनाका अध्यक्ष नेपाल डंगोलको भनाइ छ ।

तस्विरः प्रेम प्रजापति

आजको रापाइँमा चार वटा ट्रयाक्टरसहित सयौंजना मानिसले रोपाइँ गरेकाले धेरै क्षेत्रमा रोपाइँ भएको छ । नेपाल डंगोलले सहभागी सम्पूर्णलाई आभार प्रकट गरेको छ । उनले निरन्तर यस्तै सहभागिताको अपेक्षा गरेको बताए ।

तस्विरः प्रेम प्रजापति

रोपाइँ आन्दोलनमा सहभागीहरुले फास्ट ट्रयाक बन्दैछ–जनता भोकै मर्दैछ, फास्ट ट्रयाक चाहिँदैन–रोपाइँ रोक्न पाइँदैन, बाहिरी चक्रपथ चाहिँदैन–सम्पदा मास्न दिँदैनौं, स्मार्ट सिटी चाहिँदैन–हाइटेन्शन लाइन चाहिँदैन, बागमती कोरिडोर चाहिँदैन–रेलवे परियोजना चाहिँदैन, पेट्रोलियम भण्डारण चाहिँदैन–सुरुङमार्ग चाहिँदैन, पीडित किसान एक होऔं–खोना बोङा संरक्षण गरौं, प्रहरी दमन बन्द गर–जनता प्रहरी एक हौं, देशको सन्तुलित विकास गर–खोना बोङा रक्षा गर लगायतका नारा लगाएका थिए ।

तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *