नर्स महर्जनको दुर्घटनामा मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौं, १७ साउन

ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।

टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो।

मृतक महर्जन ग्रीनसिटी अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत थिइन्।

सोही दुर्घटनामा मोटरसाइकल चालक टोखा नगरपालिका-३ का २४ वर्षीया समीर श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। घाइते श्रेष्ठको अनुहार र बाँया खुट्टामा चोट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *