सांस्कृतिक गुरु पंचकुमार प्रजापति रहेन

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ मंसिर


भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित वि.सं. १९९० मा जन्मेका सांस्कृतिक गुरु पंचकुमार प्रजापतिको आज शुक्रबार निधन भएको छ । उनको आफ्नै निवास सूर्यमढीमा आज विहान झुन्डिएको अवस्थामा फेला परेको हो । निजका श्रीमती धनमाया प्रजापतिको १३ दिन अगाडी मात्रै निधन भएको थियो ।

आज विहान ५ बजे पशुपतिमा सतविज छर्नका लागि अनिता प्रजापति, सानुमाया प्रजापति र रामलक्ष्मी प्रजापतिलाई एक सय ५० रुपैयाँ दिएर पठाएका उनी के कारणले झुन्डिएको भने स्पष्ट हुन सकेको छैन ।

भ.न.पा. ९ वडाध्यक्ष रवीन्द्र ज्याख्व, प्रहरी निरीक्षक सूर्यबहादुर शाही, न्हुछेभक्त प्रजापतिलगायतका स्थानीयको रोहवरमा डोरी निकाली मुचुल्का उठाएको थियो ।

निज पंचकुमार प्रजापति धिमेबाजा र भैल प्याखँका पर्यायका रुपमा परिचित भई भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको १८औं वाषिक साधारणसभाबाट सम्मानित भएको व्यक्ति हो । २५–२६ वर्षको उमेरबाटै भैल प्याखँ सिकेको थियो । भैल प्याखँ, धिमे बाजा लगायतका सांस्कृतिक क्षेत्रमा विगत २० वर्षदेखि नै नियमित रुपमा प्रशिक्षण दिइरहेका उनी कुमालेको माटोको भाँडाकुँडा बनाउने पेशालाई नै प्रमुख पेशाको रुपमा जिविकोपार्जन गर्दै आएको थियो ।

दुईतले माटो जोडाई घरमा निज दम्पत्ति बस्दै आएकोमा श्रीमतीको निधनपश्चात आफू एक्लो महशुस गरी स्याहार सुसार गर्ने कोही नदेखी यस्तो घटना हुन गएको हुन सक्ने स्थानीयको भनाइ छ । यो स्थितिलाई ध्यानमा राखी तत्कालै भक्तपुरमा आदर निकेतनको आवश्यक भएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *