नेपालमा प्रसारित भारतीय न्यूज च्यानेल बन्द गर्ने निर्णय

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २६ असार

नेपालमा भारतीय न्युज च्यानेलहरु रोक्ने निर्णय भएको छ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्यूज विहीबारदेखि लागू हुनेगरी बन्द गरेका हुन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक र भ्रामक प्रचारगरेपछि च्यानल नै बन्द गर्न बाध्य भएको एमएसओले जनाएको छ ।

एमएसओका अनुसार च्यानल रोकेपनि इन्टरनेटको माध्यम मार्फत आउने च्यानेल रोक्न भने नसकिने त्यसका लागि उपयुक्त कानुन बनाएर मात्र सम्भव रहेको बताएका छन् ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्यूज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समयमा भारतीय मिडियाले भ्रामक अतिरञ्जितखालका टिप्पणी गर्दै आएपछि सरकारले गम्भीर रुपमा ध्यानाकर्षण गर्दै आएको थियो । विहीबार मात्र सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले भारतीय सञ्चारमाध्यमको विरुद्धमा राजनीति र कानुनी उपचार खोजिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *