यस वर्षको गुँला पर्व स्थगित

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ असार


कोरोना भाइरस रोग संक्रमणको जोखिम न्युनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिका क्षेत्रमा महिनैपिच्छे जस्तो हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको सन्दर्भमा यही साउन ६ गतेदेखि एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष स्थगित गर्ने निर्णय भएको छ ।
बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विभिन्न गुँला बाजा समूहका सरोकारवालाहरुसँगको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा कोरोना जोखिम बढ्दै गइरहेको र समुदाय स्तरमै कोरोना संक्रमितहरु देखिएको अवस्थामा धेरै भीड हुने खालका गतिविधिहरु हुन नदिन आवश्यक पहलकदमी गरिरहेको बताए ।


कार्यक्रममा सहभागी गुँला बाजाका प्रतिनिधिहरुले गुँला पर्वमा भक्तपुर बाहिरबाट पनि सहभागी हुने हुँदा यसले थप जोखिम बढाउने भन्दै यस वर्ष गुँला पर्व नमनाउने विषयमा सकारात्मक रहेको बताए । उनीहरुले सरकारले लगाएको लकडाउनलाई पालना गर्ने पक्षमा रहेको बताए ।
सरोकारवालाहरुको बैठकमा विश्वकर्मा गुँला बाजं खलः, साकोलान गुँला धलं, कोनेया गुँला बाजंका प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *