भक्तपुरमा पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ असार


नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा विहीबार भएको छ ।
नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा भएको सभामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्व. प्रजापति पार्टीिभित्र बसेर सहयोग गर्ने असल कार्यकर्ता भएको बताए ।


उनले पार्टीमा खुला गतिविधिमा लाग्ने र भित्र बसेर सहयोग गर्ने फरक फरक कार्यकर्ता हुने बताउँदै भित्र बसेर सहयोग गर्नेमा उनी पनि एक रहेको बताए ।
“पार्टी भूमिगत भएको बेला प्रतिक्रियावादी संघसंस्था भित्र गएर जनताको सेवा गर्नु चुनौतीपूर्ण थियो । उनले पार्र्टीको निर्देशनमा निर्वाचन लडेर पंचायतकालमा नेमकिपाबाट पटक पटक वडाध्यक्ष पदमा विजयी भएको थियो । पार्टीको तर्पmबाट उनले २०५६ सालमा सिराहा जिल्लाबाट सांसदको उम्मेदवार बनेको थियो । उनले २०४५ सालमा भएको भक्तपुर काण्डमा पार्टीप्रतिको अटल विश्वास प्रकट गरे र पार्टीलाई निरन्तर सहयोग गरे । संकटको वेला पार्टी कार्यकर्ताको परीक्षण हुन्छ ।” उनले भने ।


व्यक्तिगत फाइदाको निम्ति कहिल्यै कुरा नगर्ने स्वभावको स्व. प्रजापति निःस्वार्थी भावनाले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने एक योद्धा भएको बताए ।
नेमकिपा भक्तपुर नगरसमितिको अध्यक्ष नारायण बहादुर दुवालले मृत्युपछि कसैको गुणगान गर्नु भन्दा निधन भएका व्यक्तिले गरेका असल कुराहरुको अनुशरण गर्नुपर्नेमा जोड दिए ।
“उहाँ धनी कुलमा जन्मेर पनि शोषित पीडित जनताको पक्षमा काम गर्ने पार्टीका एक सच्चा कार्यकर्ता हुनुहुन्थ्यो ।” उनले भने ।
नेमकिपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवालले पनि स्व. प्रजापतिले गरेका समाज सेवाका कार्यहरुबारे चर्चा गरे ।
नेमकिपा वडा नं. ४ समन्वय समितिका कृष्ण गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले स्व. प्रजापतिको तस्विरमा माल्यार्पण गर्नुका साथै १ मिनेट मौनधारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *