१५०३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असाेज

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७८ हजार ७ सय ८० संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ७  हजार ९१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ९५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ६८३४
प्रदेश २– १५१११
बाग्मती प्रदेशमा –३०४२९
गण्डकी प्रदेशमा –४२९०
लुम्बिनी प्रदेशमा –१०९७९
कर्णाली प्रदेशमा –३७९८
सुदूरपश्चिम प्रदेशमा ७६३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *