पाटन अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असार

पाटन अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषको उपचारको क्रममा गए राति पाटन अस्पतालमा मृत्यु भएको थियो।

उनको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले बताए।

उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि असार २० गते पाटन अस्पताल ल्याइएको शर्माले जानकारी दिए। नेपालमा योसँगै मृतकको संख्या ३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *