१४ वर्षे बालकमा कोरोना : अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ बैशाख

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ ।

सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र्‍यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।

संक्रमितः ४७
निको भएकोः ९
मृत्युः ०
अपडेटः २०७७ वैशाख ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

५ वैशाखमा अस्पताल पुगेका उनको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको थियो । ‘ल्याबले रिपोर्ट नेगेटिभ आएको भनेपछि हामीले ७ गते डिस्चार्ज गरेका थियौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘तर, दिल्लीबाट आएकाले पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।’

टेकुमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हरकठवास्थित क्वारेन्टाइनमा रहेका उनलाई अब फेरि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘अब उनलाई अस्पताल ल्याउँछौँ र कन्ट्याक ट्रेसिङको काम सुरु गर्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *