विद्यालयको आधारभूत तह शैक्षिक जग

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २७ जेठ

विद्यालयको आधारभूत तह शैक्षिक जग

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तह विद्यार्थीहरूको शैक्षिक जग भएको बताउँदै जीवन र समाज बनाउने आधारभूत तहलाई बलियो बनाउनेतर्फ विद्यालयले विशेष पहल गर्नु आवश्यक भएको बताए।
आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरूबारे शिक्षकहरूले विश्लेषण गर्नु आवश्यक उल्लेख गर्दै उनले विद्यालयको भौतिक वातावरणले विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने देखिएकोले भक्तपुर नपाले सामुदायिक विद्यालयको भौतिक सुधारको लागि आवश्यक आर्थिक तथा भौतिक सहयोगमा जोड दिँदै आएको बताए।

उनले विद्यार्थीहरूलाई सानै उमेरदेखि अनुशासन, असल व्यवहार, ठूलाको सम्मान र आदर गर्ने बानी विकास गराउनुपर्ने बताउँदै पढाइसँगसँगै अतिरिक्त क्रियाकलाप र सांस्कृतिक गतिविधिमा क्रियाशील बनाउँदै लानुपर्नेमा जोड दिए।
नवीन आधारभूत विद्यालयको आयोजनामा भएको नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत, आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ तथा पुरस्कार वितरण कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उकेश कवांले भक्तपुर नगरमा विभिन्न जातजाति, भाषाभाषीका विद्यार्थीहरू अध्ययनरत रहनु एउटा सबल पक्ष रहेको बताउँदै शिक्षक र विद्यार्थीको मेहनतले विद्यालयको शैक्षिक स्तर माथि उठ्ने बताए। उनले हरेक विद्यार्थीलाई देश र समाजप्रति जिम्मेवार बनाउनुपर्नेतर्फ शिक्षकहरूको ध्यानाकृष्ट गरे।

विद्यालयका प्रअ प्रकाश गोसाईले विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत रहेको र शैक्षिक सत्र २०८० मा ६५ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको संयुक्त प्रयासले विद्यालयमा प्रगति भएको बताए।

कार्यक्रममा विद्यालयका शिक्षक नारायणप्रसाद मचामसी र शिक्षिका मेनुका कोजुले पनि बोलेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ र २०७९ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *