पोखरामा कोरोनाको कहर सुनसान बजार क्षेत्र

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
कास्की, १२ चैत


विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावश्यक बाहेकका सेवा बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेसंगै पोखरा क्षेत्रमा चहलपहल पातलिएको हो ।
कोरोना भाइरसको त्रासका कारण पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, लेकसाईड, छोरेपाटन, पृथ्वीचोक लगायतका मुख्य बजारहरु सुनसान भएका छन् ।


दैनिक हजारौं मानिसको आवत जावत र किनमेल हुने यी क्षेत्रका सवै पसलहरु बन्द गरिएका छन् । सडकहरु समेत सुनसान भएका छन् ।
बिहानैदेखि भरिभराउ रहने फेवातालको तालबाराही मन्दिर समेत सुनसान छ । त्यसैगरी पोखराको अर्को प्रसिद्ध बिन्ध्यबासिनी मन्दिर समेत सुनसान भएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने यी दुवै मन्दिरमा न्यून संख्यामा मात्र पूजाअर्चना गर्न स्थानीयहरु मात्र आएको त्यहाँका पुजारीले जानकारी दिए ।


कारोना भाइरसको संक्रमणको त्रास फैलिएपछि पछिल्लो केही दिनयता पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम ठप्प भएको व्यवसायीहरू बताउँछन् । पर्यटकले सधै जसो भरिभराउन हुने पोखराका फेवाताल, पातलेछाँगो, सराङकोट, शान्तिस्तुपा लगायतका ठाउँहरु समेत दुइसातादेखि सुनसान बनेका बनेका छन् ।
सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै पोखराका विभिन्न स्थानमा चलाइएका ७५ वटा मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी राजकुमार केसीले बताए । ‘सरकारले गरेको सम्बेदनशिलताको बर्खिलाप गर्नेहरुको सवारी नियन्त्रणमा लिएका हौ’उनले भने ।‘ स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा समेत कतिपयले हेलचक्राइ गरेको पाइयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *