युएईमा थप ३ नेपालीमा भेटियो कोरोना

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

संयुक्त अरब इमिरेट्समा थप ३ जना नेपालीमा कोरोना देखिएसँगै संक्रमित नेपालीको जम्मा संख्या ११ पुगेको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको हो।

यसअघि दुई जना नेपाली उपचारपछि निको भएका छन्। बाँकी ९ जनाको अवस्था समान्य रहेको दूतावासले जनाएको छ। पछिल्लो समय युएईमा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ।

यूएईमा हालसम्म १ हजार ७ सय ९९ कोरोनाबाट संक्रमित बनेका छन्। १० जनाको मृत्यू भएको छ भने १ सय ४४ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *