कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई सरकारी सरह भत्ता दिइने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सरकारले कोरोना भाइरस (कोभिड१९) रोग उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै थप सुविधा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको भत्ता पनि सरकारले दिने निर्णय गरेको हो।

मन्त्रालयले सरकारी अस्पतालमा कोरोना रोगको उपचारमा खटिएका कर्मचारीको तलबसुविधा र भत्ता बढाउने निर्णय यसअघि नै गरिसकेको छ।

रोगका उपचारमा खटिने निजी स्वास्थ्यसंस्थामा कारर्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी चिकित्सकले पाउने तलबसरहकै तलब र भत्ता सुविधा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।

त्यसैगरि, कोरोना रोगको बिरामी खोज्ने अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले महिनाको १ हजार ५ सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय गरेको छ।

स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसहरुको अनुगमन गर्ने, शंकास्पद मानिसबारे जानकारी दिने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिइने मन्त्रालय स्रोतले जानकारी दिएको छ।

कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभरका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *