ठेक्केदारलाई कारवाही

समाचार

सुनिता खड्का
भक्तपुर, २७ असार


नगरकोट जाने सडकको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । शैलुङ कन्स्ट्रक्शन कम्पनीलाई सडक विभाग अन्तर्गतको सुधार तथा विकास आयोजना निर्देशनालय तिराउन लागको हो ।
कमलविनायकबाट भत्केको पाटी हुँदै नगरकोट जाने सडक अलपत्र छ । शैलुङलाई २० प्रतिशत अर्थात झन्डै ३ करोड रुपैया जरीवाना गर्न लागेको आयोग प्रमुख जगत प्रजापतिले जानकारी दिए ।
०७१ जेठदेखि निर्माण सुरु भएको १६ किलोमिटर सडकको काम सम्झौता अनुसार ०७३ को जेठसम्ममा बन्नु पर्ने थियो । तर ५४ प्रतिशत मात्र वित्तीय प्रगति भएको प्रजापतिले बताए ।
आयोजनामा हालसम्म ४ पटक म्याद थप भए तापनि कार्य सम्पादन हुन नसकेको भन्दै शैलुङ कन्स्ट्रक्शन सञ्चालक शारदा अधिकारीलाई कारवाही गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *