कोरोना अपडेट : ९ लाख ३७ हजार संक्रमित निको भए

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

संसारभर ९ लाख ३७ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

नेपाली समय अनुसार बुधबार बेलुकी ६ः३० बजेसम्म निको भएर घर फर्किनेको संख्या ९ लाख ३७ हजार ५ सय ७१ पुगेको छ।

स्पनेमा १ लाख २३ हजार ९ सय ३, जर्मनीमा १ लाख २० हजार ४ सय, अमेरिकामा १ लाख १५ हजार ९ सय ३६, चीनमा ७८ हजार ४ सय ३५, इरानमा ७२ हजार ४ सय ३९, इटालीमा ६८ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार ३१ लाख ३२ हजार ३ सय ६३ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमित हुनेको संख्या ५७ पुगेको छ।
२ लाख १७ हजार ६ सय ७४ जनाको मृत्यु भइसकेको छ।

६ उत्तर अमेरिकन देशमा कोरोनाको अवस्था
अमेरिकामा १० लाख १२ हजार ५ सय ८३ जना मानिस संक्रमित भएका छन्। ५८ हजार ३ सय ५५ जनाको मृत्यु भइसकको छ। १ लाख १५ हजार ९ सय ३६ जना मानिस निको भएर घर फर्किसकेका छन्।

क्यानाडामा ५१ हजार १ सय ५० जना मानिस संक्रमित भएका छन् २ हजार ८ सय ८३ जना मानिसको मृत्यु भइसकेको छ। १९ हजार २ सय ३१ जना निको भएर घर फर्किसकेका छन्।

मेक्सिकोमा १६ हजार ७ सय ५२ जना मानिस संक्रमित भएका छन् १ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ। ११ हजार ४ सय २३ जना निको भएर घर फर्किसकेका छन्।

डोमिनिकन गणतन्त्रमा ६ हजार ४ सय १६ जना संक्रमित भएका छन्। २ सय ८६ जनाको मृत्यु भएको छ। १ हजार १ सय ६५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पनामा ६ हजार २ सय जना मानिस संक्रमित भएका छन्। १ सय ७६ जनाको मृत्यु भएको छ। ४ सय ८४ जना मानिस निको भएर घर फर्किसकेका छन्।

क्युबामा १ हजार ४ सय ३७ जना मानिस संक्रमित भएका छन्। ५८ जनाको मृत्यु भएको छ। ५ सय ७५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *