सुनसरीमा खाद्यान्न होम डेलिभरी शुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
धरान, १६ चैत


सरकारले घोषणा गरेको लकडाउनको पाचौं दिनदेखि स्थानीयको घरमा खाद्यान्न अभाव हुन थाले पछि सुनसरीको धरान र इटहरीका स्थानीय सरकारले निजीक्षेत्रसँगको सहकार्यमा जनताको घरमा खाद्यान्न लगायत अति आवश्यक सामग्री पुर्‍ याउन होम डेलिभरीको व्यवस्था गरिदिएको छ ।
इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान विक्री गर्न थालेको छ भने धरान क्षेत्रमा उपमहानगरको संयोजनमा धरानवासीको घरघरमा बराह डिपार्टमेन्ट स्टोर धरान, भाटभटेनी सुरपमार्केट धरान, गोर्खा डिपार्टमेन्ट स्टोर धरान, गुन्द्री डट कम र सोताङ अग्र्यानिक कृषि फर्मले सामान पुर्‍ याउन थालेको छ ।
कोरोनाको महामारी फैलन नदिन घरैमा बसेका नगरवासीलाई अत्यावश्यक सामग्री अभाव हुन नदिन होम डेलिभरीको कार्यक्रम शुरु गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । लकडाउनको समय लम्बिन सक्ने भएकोले बेलैमा सतर्कता अपनाउन खोजिएको उनको भनाइ छ । उपमहानगरको समन्वयमा वडास्तरीय तालिका नै बनाएर सामग्री पु¥याइने डिपार्टमेन्ट स्टोरले जनाएको छ । जनतालाई घरबाट निस्कन नदिनका लागि घरमै खाद्यान्न पुर्‍ याउने व्यवस्था गरिएको मेयर राईले बताए ।
धरानमा खाद्यान्न र तरकारी चाहिए बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सम्पर्क गर्नु पर्ने छ । आम नागरिकहरूमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *