कोरोना अपडेट : मृतकको संख्या ३० हजार ७८० जना, १ लाख ३९ हजार ४५१ जना निको भए

कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३० हजार ७ सय ८० पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतवार बिहान पाैने ८ बजेसम्म ६ लाख ६२ हजार ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, एक लाख ३९ हजार ४५१ जना उपचारपछि निको भएका छन्।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर यस समयसम्ममा १ लाख २४ हजार २१७ जनासँग भएकाे पुष्टी भएकाे छ।
जवकि शनिवार यही समयसम्ममा १ लाख ४ हजार ७ जनालाई संक्रमण पुष्टि भएको हाे।
अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ९२ हजार ४ सय ७२ जनालाई संक्रमण पुष्टि भएको छ।
इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ।
नेपालममा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। तीन जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकजना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्।
नेपालमा अहिलेसम्म ८ सय ७५ जनामा कोरोना परीक्षण गरिएको छ।