–जमुुना अधिकारी
भक्तपुर, १ जेठ
सरकारको तीन खम्बे अर्थ निति भित्र सहकारी पनि एक भएकोले यसको व्यवस्थापनमा प्रभावकारिता ल्याउन बैशाख १५ गते देखि जेष्ठ १५ सम्म कोपोमिस सफ्टवेयर प्रयोग सम्बन्धि तालिम सहकारी साखाले सञ्चालन गरेको छ ।
सहकारी शाखाका अधिकृत भुवनहरी अधिकारी ज्युले चा.न.पा.मा सञ्चालित १२२ वटा नै सहकारीलाई १४ वटा गु्रपमा छुट्याएर कोपोमिस तालिम दिइने बताउनु भएको छ । सहकारी शाखाकै कर्मचारी शारदा रजौटाले अहिले सम्म ग्रुप नंं ४ सम्मलाई तालिम दिइसकिएको कुरा जानकारी दिए ।
सहकारी सफ्टवेयर टयुटर सगुन धाख्वाले ओरेन्टल गु्रप जस्ता सहकारी डुबेर सर्वसाधारण जनताले आर्थिक र मानसिक पिडा भोगेकाले नै भविष्यमा त्यस्तो परिस्थिति दोहरिन नदिन सहमारीको वास्तविक अवस्था बुझ्न सरकारले सहकारीलाई अनिवार्य गरेको जानकारी गराउनु भएको छ । उनले सहकारी संस्थालाई नियमन गर्ने काम सम्बन्धित कार्यालयले अबका दिनमा सजिलै गर्नसक्ने बताएको छ । तालिममा सहभागि सहकारीहरुका व्यवस्थापक र कोषाध्यक्षहरुले अबका दिनमा आफ्नै कार्यालयमा बसेर सम्पूर्ण रिपोर्ट अनलाइन मार्फत सम्वन्धित निकायमा पठाउन सकिने खुसि व्यक्त गरेको छ ।