कोरोनाबारे दैलेखमा पूर्व तयारी, प्रहरीद्वारा १५ बेडको ‘क्वारेन्टाइन’ स्थापना, स्थानीय तहमा पनि पत्राचार

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
दैलेख, ९ चैत


कोरोना भाईरसको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखले १५ बेड क्षमताको ‘क्वारेन्टाइन’ स्थापना गरेको छ् । प्रहरीले आफ्नै कार्यालयको चौरमा ‘क्वारेन्टाइन स्थापना गरेको हो । प्रहरीले निर्माण गरेको ‘क्वारेन्टाइन’ बेडमा पहिलो प्राथमिकतामा प्रहरी कार्यालयका मातहतका प्रहरी रहनेछन् । यद्यपि कोही इमरजेन्सी भयो भने सर्वसाधारणका लागि पनि उपलब्ध गराइने दैलेखका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । ओलीका अनुसार ५ ओटा टेन्ट रहेको ‘क्वारेन्टाइनमा कोही बिरामी भए अस्थायी किसिमले यहाँ राख्नको लागि पूर्व तयारी गरिएको हो ।’
यस्तै आइसोशेलेशन वार्ड स्थापना गर्ने भनेर नारायण क्याम्पस र सरस्वती मावि तरताङलाई छुट्याइएको दैलेखमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । विद्यालय पनि विदा भएकोले यी ठाउँहरुमा विशेष सामग्री राखी ज्वरो, रुघाखोकी लागेका बिरामीहरुलाई यहाँ राखेर सेवा प्रदान गरिने उनले बताए ।’ कट्टेलका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहको प्रमुखहरुको नेतृत्वमा कोरोना व्यवस्थापन समिति बनाइको छ् । त्यो समितिभित्र पालिकाको वडा अध्यक्षहरु सदस्य रहने छन् । समितिले कोरोना भाईरसको सचेतनाका बारेमा घरदैलो अभियान गर्ने छ् भने जिल्लामा रहेका अधिकाँश कार्यालयहरुको बाहिर साबुन पानीले हात धुने व्यवस्थापन गरिएको छ । स्थानीय तहहरुलाई पनि खाली ठाउँ भएको ठाउँ छनोट गरेर ‘क्वारेन्टाइन’ स्थापना गर्न भनिएको कट्टेलले बताए । जिल्लाका दुल्लु, चामुण्डा बिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको र अरु स्थानीय तहहरुलाई पनि निगरानी गरिरहेको कट्टेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *