स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर पसल खोल्न सुनचांँदी व्यवसायी संघको आग्रह

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, ९ चैत


विश्वभर फैलिएको कोरोनाको सन्त्रास र सुरक्षालाई समेत ध्यानमा राखी चितवनका सम्पूर्ण पसललाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर मात्र खोल्न आग्रह गरिएको छ ।
अन्य व्यवसाय र अधिकांश कार्यालयहरु आंशिक रुपमा बन्द अवस्थामा रहेको र पसलमा आउने ग्राहकले मास्क लगाएर आएका कारण सुरक्षामा समेत समस्या हुने भएकाले अनुकूल परिस्थितिमा मात्रै पसल खोल्न सुनचांँदी व्यवसाय संघ, चितवनले आग्रह गरेको हो ।
आइतवार संघले एक सूचना जारी गर्दै ‘चैत ९ गतेदेखि चैत २१ गतेका लागि अधिकांश सरकारी कार्यालय, संस्थाहरु बन्द गरिएको परिप्रेक्ष्यमा यस्तो आग्रह गरिएको हो । सूचनामा भनिएको छ ‘सम्पूर्ण गतिविधि कम भएसंँगै बजारमा ग्राहकको न्यून उपस्थिति रहेको र ग्राहकले मास्क लगाएर आउंँदा सुरक्षामा समेत समस्या आउने देखिएकोले पसल, परिवार र कर्मचारी, कालिगढ लगायतको स्वास्थ्य लगायत सुरक्षाको प्रत्याभूति गरेर पसल खोल्न हुन अनुरोध गर्दछौं ।’ सुनचांँदी पसल पूर्णरुपमा बन्द गर्ने नगर्ने भन्ने बिषयमा उद्योग वाणिज्य संघका वस्तुगत लगायत संघसँग छलफल भइरहेको अध्यक्ष टेक बहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *