लैंगिक हिंसा विरुद अन्तरक्रिया

समाचार

जमुना अधिकारी भक्तपुर, २८ साउन भक्तपुर चा.न.पा.वडा ५ मा समुदाय–प्रहरी साझेदारी समिति र महानगरीय प्रहरी प्रभाग खरीपाटी भक्तपुरको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्घ एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा चा.न.पा.का उपमेयर बिना बास्तोलाले प्रमुख अतिथिको आसन ग्रहन गर्नु भएको छ । कार्यक्रममा महिला विकास साखाकी अधिकृत निला घिमिरे, डि.एस्.पि. रेवती रमन पोखरेल, यु.एन्.हृयाविटेट्का प्रतिनिधि पार्वति डंगाल, प्रहरी जयराम दुलाल र वडा अध्यक्ष जयन्द्र खड्का, समाजसेवी सुभद्रा काफ्ले लगायत सर्वसाधारण जनताहरुको उपस्थिति रहेको छ । कार्यक्रममा लैंगिक हिंसाको प्रकृति र न्यूनिकरणका लागि चालिएका कदम लगायत भावि दिनमा नेपाल प्रहरी, समुदायमा शान्ति–सुरक्षा कायम गर्न हरदम तत्पर रहेको कुरा डि.एस्.पि पोखरेलले भने । अदालत र ओकिलको झन्झट बेहोर्नु नपर्ने गरी न.पा.मा गठित् न्यायिक समितिले निष्पक्ष न्याय दिइने कुरा न्यायिक समितिका संयोजक बास्तोलाज्यूले जानकारी दिए । महिला सेलकी सानु म्याम्ले यदि महिला हिंसा विरुद्घका अपराधको मुद्दा–मामिला गर्नु परेमा नि–शुल्क कानुनी सेवा दिन सदैव तत्पर रहेको कुरा विश्वश्त पारे । असल चरित्र निर्माण र इन्टरनेटको सहि सदुपयोग गर्न बालबालिकालाई आजैबाट अभिभावकले ध्यान दिन सकेको खण्डमा लैंगिक हिंसा निर्मुल हुने कुरालाई लिला घिमिरेले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *