विश्व युद्धले भन्दा ठूलो प्रभाव परेको कोेरोनाबाट सचेत रहन राजेश हमालको आग्रह 

मनोरञ्जन विशेष समाचार समाचार स्वास्थ्य
विश्व युद्धले भन्दा ठूलो प्रभाव परेको कोेरोनाबाट सचेत रहन राजेश हमालको आग्रह 

न्यूज अपडेट

काठमाडौं , ९ चैत

नायक राजेश हमालले कोरोना भाइरस (कोभिड—१९)को प्रभाव पहिलो र दोस्रो विश्व युद्धको भन्दा ठूलो भएको भन्दै यसबाट सचेत रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश दिँदै नायक हमालले कोरोनाबाट विश्वका अधिकांश देश प्रभावित भएको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेका हुन् ।

चारपाँच दिन यता आफूले दैनिकीमा पूरै परिवर्तन गरेको बताउँदै उनले भीडभाडमा नजान तथा धेरै जम्मा हुने कार्यक्रममा नजान पनि भनेका छन् । हमालले आफूले सबै कार्यक्रम रद्ध गरिसकेको भन्दै सामाजिक गतिविधि कम गर्न भनेका छन् ।

अंकमाल तथा हात मिलाउने कार्य नगर्न आग्रह गर्दै उनले पटकपटक हात धुन भनेका छन् । हात मुख तथा अनुहारमा नलैजान अनुरोध गर्दै उनले साबुन पानीले हात धुन आग्रह गरेका छन् ।

हात जोडेर नमस्कार गर्न आग्रह गर्दै हमालले कोरोना रोकथामपछि पनि हात मिलाउने संस्कारलाई निरन्तरता दिन सके राम्रो हुने बताएका छन् ।

कोरोना भाइरसको रोकथामका लागि कुनै एक देश र क्षेत्रले मात्रै चाहेर नुहने भन्दै विश्वभरका विकसित देशको पनि यसमा चासो र सहयोग आवश्यक हुने उनी बताउँछन् । गरिब मुलुकका नागरिकको स्वास्थ्य अवस्थाबारे पनि विकसित देशलले ध्यान दिनुपर्ने बताएका नायक हमालले अहिले रोजगार भन्दा पनि पहिलो प्राथमिकता स्वास्थ्य भएकोमा जोड दिएका छन् ।

स्वास्थ्य नै पहिलो धन भएको भन्दै अहिलेको परिस्थितिमा कुनै पनि क्षेत्रले यसलाई कमाउने समयका रुपमा प्रयोग गर्न नहुनेमा उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *