माहेश्वरीमा पाक्षिक सरसफाइ

शिक्षा समाचार

भक्तपुर, १ पुस


भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पनभयो । कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सरसफाइलाई नगरपालिकाले दायित्वको रुपमा लिंदै नियमित रुपमा सरसफाइ कार्यक्रम गर्दै आएको बताए ।


‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने मूल उद्देश्यका साथ यस कार्यक्रममार्फत जनमानसमा पुगेको चर्चा गर्नुहुँदै वडाध्यक्ष ज्याख्वले नेपालमै पहिलो छाती रोग पुनःस्थापना केन्द्र भक्तपुरमा निर्माण भइरहेको जानकारी गराए ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नेमकिपाको घोषणापत्रअनुसार सरसफाई कार्य अगाडि बढिरहेको बताउदै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती थपिएको बताए ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली र वडा सचिव राजेश दिस्तीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *