कास्की, ६ चैत
पोखराबाट जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घूस रकमसहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई बुधबार साँझ ३० हजार घूसहित पक्राउ गरेको हो ।
पोखरा ५, प्रस्र्याङको एक मदिरा पसलमा मुद्दाको पक्षसंग घूस रकम लिंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने भन्दै उनले रकम मागेको अख्तियारले जनाएको छ ।
घटनाबारे थप विवरण संकलन गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । पराजुली केही दिन अघिमात्रै सर्बोच्च अदालतमा सरुवा भएका थिए ।