भ्रष्टाचारीका लागि हाेइन, क्वाराइन्टाइनका लागि भक्तपुर क्यान्सरकाे काेठा खुला

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, ६ चैत

भक्तपुर क्यान्सर अस्पतालको भवनको माथिल्लो कौशी तलामा विगतमा चलाउँदै आएको अर्बुद्ध रोग निवारण संस्थाको कार्यालयमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले लगाएको ताला प्रहरी प्रशासनले फोडेको विरुद्ध बिहीवार स्थानीय जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा धर्ना दिएको छ ।


उक्त अस्पतालका कर्मचारी संघर्ष सहयोग समितिका संयोजक शिवराम धुख्वालाई वार्ताका लागि बोलाई छलछाम गरी भ्रष्टाचारीहरुको संरक्षण गरी एकपक्षीय रुपमा प्रहरी दमन गरी गिरफ्टार गरेको विरुद्धमा निजलाई रिहा गर्नका लागि दबाब स्वरुप अस्पतालका कर्मचारी र स्थानीय जनताको सहयोगमा उक्त धर्ना दिएको हो । धर्ना कार्यक्रममा बोल्दै प्रकाश थुसाले प्रहरी प्रशासन आफै भ्रष्टाचारीको संरक्षण गर्छ भने अब जनताले प्रहरी प्रशासनप्रति भएको विश्वास गुमाएको स्पष्ट पारे ।


भक्तपुर भ्रष्टाचार विरोधी संघर्षको थल्लो भएको बताउँदै राजेन्द्र चवालले भक्तपुर क्यान्सर अस्पताललाई भ्रष्टाचारीको अखडा नबनाउने अठोट गरे । साथै भ्रष्टाचार विरोधी संघर्षमा जनताको साथ सहयोग निरन्तर रहिरहने बताए । समितिका सचिवले प्रेस विज्ञप्ति बाचन गरेको उक्त कार्यक्रममा उपेन्द्र सुवाललगायतले बोलेका थिए । कार्यक्रममा बार्ताटोलीबाट उक्त कोठालाई भ्रष्टाचारीलाई नछिराउने तर कोरोना भाइरस नियन्त्रणका लागि क्वाराइन्टाइनका रुपमा खुला गर्ने सहमति भएको संयोजक शिवराम धुख्वाले बताए । साथै निज धुख्वालाई सोही सहमतिसँगै रिहा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *