६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गर्दै बाबा बैजुनाथ सुगर मिल बन्द

समाचार

रौतहट, ६ चैत


बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उधोगले कटहरियाले यस बर्ष ६ लाख ८ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको छ । मंसिर २९ गतेबाट संञ्चालनमा आएको मिलले फागुन २५ गते सम्म उखु क्रसिङ्ग गरेर बन्द भएकोे हो । यस बर्ष १५ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएपनि उखु उत्पादनमा कमि आएका कारण कम भएको उद्योगका अध्यक्ष बैजु प्रसाद बाबराले बताए । गत बर्ष परीक्षण उत्पादन गरिएकाले ३ लाख ५६ हजार क्विन्टल उखु क्रसिङ्ग भएको उनले बताए । तर यस बर्ष अपेक्षा वा लक्ष्यनुसार उखु क्रसिङ्ग नभएको उनको भनाई छ । उखु उत्पादनमा नै कमि आएको छ उनले भने यस बर्ष मिलले प्राप्त गरेका सवै उखु क्रसिङ्ग भयो । उखु खेति प्रति कृषकको आर्कषण घट्दै गएका कारण उत्पादनमा कमि आएको उनको भनाई छ । बाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उधोगका अध्यक्ष बबराका अनुसार कृषकलाई प्रोत्साहन गरेर उखु खेति बिस्तार गर्दै लैजाने योजना छ । उखु उत्पादनलाई बृद्धि र बिस्तार गर्नेका लागि मिलले बिउ, मल, औषधी तथा समय समयमा प्राविधिक सल्लाह कृषकलाई दिदै आएको उनले बताए । अगामी बर्षमा उखु खेति बिस्तार हुदै जाने र लक्ष्यनुसार उखु क्रसिङ्ग हुने उनको भनाई छ । अन्य चिनि मिलले समयमा नै भुक्तानी नदिएका कारण उखु खेति प्रति कृषक निराश भएको उनले बताए । तर बाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उधोगले कृषकको रकम समयमा नै भुक्तानी दिने गरेको उनले दावी गरे । यस बर्षको करिव ६० प्रतिशत रकम भुक्तानी भै सकेको छ उनले भने असारसम्ममा सवै भुक्तानी हुन्छ । गत बर्षको पुरानो वक्यौता रकम नरहेको उनले बताए । कृषकको रकम भुक्तानीमा बाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उधोगले ढिलाई नगर्ने उनको भनाई छ । दैनिक ३० हजार क्वन्टिल उँखु क्रसिंङ्ग गर्ने क्षमताबाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उधोगको छ ।करीब ११ बिघामा रहेको सो मिल गत बर्ष स्थापना भएको र ५ सय जनाले रोजगारी पाएका छन् । यस अघि रौतहटको गरुडामा श्रीराम सुगर मिल्स रहेको थियो भने दोश्रो चिनि मिलका रुपमा यो उधोग स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *