१२ हजार ३ सय १६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

सोमबार २३ हजार ५ सय ७ जना सक्रिय संक्रमितमध्ये १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय ३२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ७ सय ५१, प्रदेश २ मा ४ सय ७६, प्रदेश ५ मा १ हजार २ सय ९६, सुदूरपश्चिम प्रदेशमा ४ सय २१, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा २७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *