हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण मावि प्रथम

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २१ मंसिर

सार्वजनिक मावि संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार वागीश्वरी माविको आयोजनामा विज्ञान हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि संयुक्त परीक्षा समितिका अध्यक्ष वासु माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्बिका न्याइच्याइले विद्यार्थीको चौतर्फी विकासको लागि सबै पक्षमा सबल हुनुपर्ने भएकोले संयुक्त परीक्षा समितिले बौद्धिक, सांस्कृतिक र खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको जानकारी दिए ।


प्रतियोगितामा चाँगुनारायण माविका अन्जु तामाङ र गणेश रावलको समूह प्रथम, बासु माविका रशिला आचार्य र रोशन परियारको समूह द्वितीय, तारा माविका विवेक अधिकारी र मुस्कान चौगुठीको समूह तृतीय र ज्योति माविका विमल खुलीमुली र श्रीजाता खुलीमुलीको समूह सान्त्वना भएका थिए ।


पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख अतिथि न्याईच्याईले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेको थियो ।
विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शारदा माविका प्रअ रोशनराज तुईतुई, आदर्श माविका प्रअ श्रीकृष्ण किसी, विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक उकेश सुवाल र शिक्षक विश्वेश्वर मानन्धरले पनि आफ्नो धारणा राखेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *