नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्युको विवरण सार्वजनिक गरेको हो।

मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ८५९ जना संक्रमितको निधन भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८  जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *