थप २३२३ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ मंसिर sharethis sharing button

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *