मंगलबार २ हजार १०८ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  ९६ हजार ६ सय ९ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ ४ प्रतिशत रहेको छ।

आज मन्त्रालयका अनुसार १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार २ सय २० जना क्वारेन्टाइनमा छन्।  नेपालमा ४१ हजार ७  सय ७५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ७९९३
प्रदेश २– १५६४९
बाग्मती प्रदेशमा –४४२५७
गण्डकी प्रदेशमा –४८३३
लुम्बिनी प्रदेशमा –१२०६७
कर्णाली प्रदेशमा –३८९१
सुदूरपश्चिम प्रदेशमा ७९१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *