नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३२,६७८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ भदाै

पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ।

काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *