बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर पुग्यो

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २६ असार

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।

मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई जना गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उनले दिए । सभामुख अग्निप्रसाद सापकोटासहित टाेली गएको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *