भक्तपुरका पसल व्यवसायीहरुको भेला सम्पन्न

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा बिहीबार भक्तपुरका पसल व्यवसायीहरुको भेला सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कानुनको अज्ञानता क्षम्य नहुने बताउँदै नगरबासीहरुको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले नमुना र उदाहरणीय कार्य गर्न सम्भव भएको बताए ।

उनले शिक्षा, स्थास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा भक्तपुर हाल नमुनाको रुपमा विकास भइरहेको बताउँदै सुन्दर र व्यवस्थित सहर निर्माणको क्रममा सबैको साथ आवश्यक भएको बताए । उनले पैसा कमाउने नाममा कम गुणस्तरी, म्याद नाघेको, कमसल सामानहरु बेच्न नहुनेतर्फ सजग पार्दै नगरपालिका र नगरबासी व्यवसायी एकजुत भएर व्यवस्थित नगर निर्माणमा लाग्नुपर्ने बताए ।

कार्यक्रम बजार अनुगमन समितिका संयोजक एवम् ३ नं वडाका वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम अनुगमन समितिका सदस्य एवम् ६ नं वडाका वडाध्यक्ष हरिराम सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोलेको थियो ।
कार्यक्रम व्यवसायीहरु रामकुमार पुडासैनी, अनिश श्रेष्ठ, केदार प्रजापति, रत्न प्रसाद सुवाल, विजय कुमार मानन्धरले पनि व्यवसायीहरुको समस्याका बारेमा जिज्ञासा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *