कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ फागुन

पालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यसअघि शनिबार पनि ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर विधिबाट ३१३५ जनामा परीक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट १७९४ जनामा परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन्।  हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *